मेसी तीन साता मैदानबाहिर रहने

स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभिल्लाविरुद्ध जितमा बार्सिलोना कप्तान लिओनेल मेसी घाइते भएका छन् । खेलदौरान बल खोस्ने क्रममा लडेपछि उनको हातमा चोट लागेको हो ।

बार्सिलोनाका अनुसार ३१ वर्षीय मेसीको दायाँ हातको हड्डीमा भाँचिएको छ । उनलाई पूर्णत निको हुन् तीन देखि चार साता लाग्नेछ । यससँगै मेसीले अर्को साता रियल म्याड्रिडविरुद्ध हुने एल क्लासिको पनि गुमाउने पक्का भएको छ । मेसीले मध्यसातामा हुने इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेल पनि गुमाउनेछन् । मेसी बल खोस्ने क्रममा लडेपछि ज्यानको पुरा बल हातमा राख्दै लडेका थिए ।

मेसीले सेभिल्लाविरुद्ध खेलको २६ मिनेटभित्र नै एक गोल र एक असिस्ट दिएका थिए । उनले सिजनको सुरुवात पनि उत्कृष्ट ढंगले गरेका थिए । उनले १२ खेल खेल्दै १२ गोल गरिसकेका छन् । मेसीलाई मैदानमा ठिक हुने प्रयासमा बार्सिलोनाका फिजियोले ब्यान्डेज लगाएका थिए । तर अत्यधिक दुखाइका कारण मेसीले खेल्न सकेनन् । उनको स्थानमा ओस्मान डेम्बेले मैदान प्रवेश गरेका थिए ।

मेसी मैदानबाट बाहिरीएपछि लुइस सुआरेजले बार्सिलोनाको आक्रमण सम्हाल्ने जिम्मेवारी लिएका थिए । उनले त्यसक्रममा एक गोल पनि गरे । पछिल्लो ६ खेलमा गोल गर्न नसकेका सुआरेजले मेसीको अनुपस्थितिको कमि खड्कन नदिन अब यसै प्रदर्शनलाई निरन्तरता दिनुपर्ने छ ।हाम्राे खबर

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest