यूएईविरुद्ध टस जितेको नेपाल फिल्डिङ गर्दै

नेपाल र युएईबीच को तेस्रो तथा निर्णायक वन डे क्रिकेटमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ । युएईको दुवईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपालले फिल्डिङ रोजेपछि घरेलु टोली ब्याटिङमा उत्रिएको छ । सन्दिप झोराले आज राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।

तीन म्याचको सिरिज १–१ को बराबरीमा रहेकाले दुबै राष्ट्र निर्णायक वन डे क्रिकेटमा जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा रहेका छन् । पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले दोस्रो वन डेमा १ सय ४५ रनको फराकिलो जित हात पार्दै सिरिज बराबरीमा ल्याएको थियो ।

दोस्रो खेलबाट लय समाएको नेपाल, बलिङलाई मुख्य हतियार बनाउँदै ब्याटिङमा थप सुधारको योजनासहित आज मैदान उत्रनेछ । सिरिजमा उत्कृष्ट पुनरागमन गरेको नेपाल उच्च मनोबलमा रहदा घरेलु टोली युएई भने ब्याटिङ समस्या समाधानमा केन्द्रित रहनेछ । न्युन स्कोरको पहिलो खेल जित्नपनि निक्कै संर्घष गरेको घरेलु टोली मनोवैज्ञानिक रुपमा केहि दबाबमा छ ।

नियमित कप्तान रोहन मुस्तफा सहित मुख्य ३ खेलाडीको अभाव टार्न उसका खेलाडीलाई ठुलो चुनौती बनेको छ । खेल दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समयानुसार बिहान सवा ११ बजे सुरु हुनेछ । युएई भ्रमणका क्रममा नेपाल र युएईबीच ३ म्याचको टी–२० सिरिजपनि हुनेछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest