पियाटिकको दुई गाेल मिलानलार्इ फलिफाब कोपा इटालियाको सेमिफाइनलमा

एक साताअघि मात्रै लोनमा जिनोआबाट एसी मिलान पुगेका फरवार्ड क्रिस्टोफ पियाटिकको दुई गोल मद्दतमा एसी मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजाे मंगलबार राति भएको खेलमा मिलानले नेपोलीलाई २–० ले पराजित गर्दै कोपा इटालियाको सेमिफाइनल पुग्न सफल भएको हो । मिलानको जितमा एकसाताअघि लोनमा मिलान आएका फरवार्ड पियाटिकले उच्च प्रदर्शन गरेका थिए । उनले पहिलो हाफमै दुई गोल गर्दै टिमलार्इ अग्रता दिलाएका थिए । फरवार्ड गोन्जलो हिगुआइन लोनमा इंग्लिस क्लब चेल्सी पुगेपछि पियाटिक मिलान पुगेका थिए ।

खेलको ११औं मिनेटमा पियाटिकले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाएका हुन । २७औं मिनेटमा पियाटिकले नै पुनः गोल गर्दै मिलानलाइ दोब्बरले अग्रता दिलाएका हुन । दुई गोलले पछि परेपछि नेपोलीले खेलमा मिलानलाई दवावमा राखेपनि गोल गर्न असमर्थ बन्यो । यता, मिलानले भने उक्त अग्रता खेलको निर्णायक बनाउन सफल भएकाे हाे।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest