इटहरी गोल्डकपको पहिलो सेमिफाइनलमा मेची नेत्रालय र आर्मी भिड्दै

सुनसरीमा जारी दोस्रो संस्करणको मदन भण्डारी स्मृती अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा आज सेमिफाइनल चरणका खेलहरु सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा आज मेची नेत्रालय झापा र बिभागीय त्रिभुवन आर्मी प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको प्रतिस्पर्धा ईटहरी रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।

क्टवारफाइनलमा मेची नेत्रालयले पाहुना टोली क्यामरुनको दाफिन्स फुटबल क्लबलाई तथा आर्मीले थ्रीस्टारलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेका हुन् । आजको बिजेताले उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाईनलको बिजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाइनलमा भोली नेपाल पुलिस र मनाङ र्मस्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । ८ टोली सहभागी प्रतियोगीताको उपाधि विजेता टोलीले १६ र उपबिजेताले ८ लाख रुपैयाँ हात पार्नेछन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest