बार्सिलोना सेमिफाइनलमा प्रवेश

बुधबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले सेभियालाई दोस्रो लिगमा ६–१ गोलकाे भारी अन्तरले पराजित गर्दै बार्सिलाेना सेमिफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले सेभियालाई पहिलो लिग र दोस्रो लिग गरी समग्रमा ६–३ ले हराउन सफल भएकाे छ । पहिलो लिगमा भने बार्सिलोना २–० ले पराजित भएको थियो ।

बार्सिलोनाको जितमा फिलिप कौटिन्होले दुई गोल गरे । त्यस्तै, कप्तान लियोनेल मेस्सी, लुइस स्वारेज, इभान र्याकेटिक र सर्गी रोबेर्टोले गोल गरे ।

पहिलो हाफमा २–० गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप चार गोल गर्न सफल भएपछि त्याे भारी अन्तरकाे अग्रता कायम गर्याे । यता, दोस्रो हाफमा सेभियाका लागि एरना लोपेसले गोल फर्काएका थिए ।

खेलको १३औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका हुन् । ३१औं मिनेटमा र्याकेटिकले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रतामा पुर्‍याएका थिए । त्यस्तै, ५३औं मिनेटमा कौटिन्होले पेनाल्टी सुटआउटलार्इ सदुपयाेग गर्दै ३–० गोल अन्तरमा पुर्‍याएका थिए । त्यसको एक मिनेटपछि रोबेर्टोले गोल गर्दै बार्सिलोनालाई ४–० गोलको अग्रता दिलाएका थिए । तर खेलको ६७औं मिनेटमा सेभियाका लागि लोपेसले गोल गर्दै ४–१ को स्थितिमा ल्याएका थिए ।

खेलको ८९औं मिनेटमा स्वारेज र अतिरिक्त समयमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले सेभियालाई ६–१ गोलअन्तरले पराजित गरेको हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest