रियल म्याड्रिड सेमिफाइनलमा

ut बिहीबार राति भएको दोस्रो लिगमा घरेलु टोली जिरोनालाई ३–१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड काेपा डेल रे फुटबलकाे सेमीफाइनलमा प्रवेश गरेकाे छ । म्याड्रिडले जिराेनालार्इ दाेश्राे लिगमा ३-१ गाेल अन्तरले पराजित गर्दै समग्रमा ७–३ को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेकाे हाे । पहिलो लिगमा रियलले जिरोनालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो ।

रियलको जितमा करिम बेन्जिमाले दुई गोल गर्दा मार्कुस लोरेन्टेले एक गोल गरे । यता, जिरोनाका पेड्रो पोर्रोले गोल फर्काएका थिए ।

खेलकाे २७ औं मिनेटमा गोल गर्दै बेन्जिमाले रियललाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा बेन्जिमा अर्को गोल थप्दै रियललाई दोब्बर अग्रता दिलाए ।

पहिलो हाफमा २–० गोलअन्तरमा सिमित रहेकाे खेलमा दाेश्राे हाफमा भने खेल निकै राेमाञ्चक बनेकाे थियाे । खेलकाे ७१ औं मिनेटमा पेड्रोले गोल गर्दै जिरोनालाई २–१ को स्थितिमा ल्याएका थिए । पेड्राेकाे उक्त गाेल जिराेनालाइ सान्त्वना गाेल बन्याे ।त्यसै गरेर खेलकाे ७६ औं मिनेटमा मार्कुसले गोल गर्दै रियललाई ३–१ को अग्रता दिलाए ।

खलकाे बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि रियलले जिरोनालाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest