पुलिससँग संकटा स्तब्ध

संकटा क्लब मनकामना केबलकार पोखरा कपमा नेपाल पुलिससँग स्तब्ध भएको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा ए डिभिजन लिग उपविजेता संकटा पुलिस क्लवसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

खेलमा संकटाले अग्रता लिएको थियो । तर, जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भयो । पुलिसको जितमा अभिषेक रिजालले र रवि पासवानले गोल गरे ।

खेलको शुरुवाती अग्रता भने संकटाले लिएको थियो । ११ औं मिनेटमा सुवास गुरुङको क्रसमा म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।

शुरुवातमा रक्षात्मक खेल प्रस्तुत गरेको पुसिले गोल खाएपछि आक्रामक खेल प्रस्तुत गर्‍यो । खेलको ३१ औं मिनेटमा अभिषेक रिजालले पुलिसका लागि बराबरी गोल गरे ।
निरकुमार राईको पासमा अभिषेकले सेकेण्ड बार च्यापेर प्रहार गरेको बल सिधै गोलमा परिणत भयो । ५४ औं मिनेटमा पुलिसका रवि पासवानले निर्णायक गोल गरे ।

संकटाका डिफेन्डर ट्याम्पी अर्नेष्टले क्लियर गर्नुपर्ने बल गोलकिपर राजाबाबु थापालाई ब्याक पास दिएका थिए । तर बल थापाले नियन्त्रणमा लिन नसेनन् र केहि पर पुगेको मौकामा रविले सदूपयोग गर्दै गोलमा परिणत गरे ।

खेलमा पुलिस र संकटाले केही अवसर नपाएका पनि होइनन् । तर, गोलमा परीणत गर्न सकेनन् । संकटाले आधा दर्जन बढी गोल गर्ने अवसर सदूपयोग गर्न सकेन ।

प्रतियोगिता अन्तर्गत आइतबार शसस्त्र प्रहरी बलको एपिएफ र थ्रीस्टार क्लब आमनेसामने हुनेछन् । onlinekhabar

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest