गोलका कारण युवा कोलाडोको मेस्सीसँग तुलाना

बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीको विकल्प अरु कोहि हुन नसक्ने चर्चा चल्ने गरेको छ । कतिपयले मेस्सीको विकल्प उनीमात्र हुन सक्ने बताइन्छ । पछिल्लो पटक बी टोलीका एलक्स कोलाडोको एउटा गोलका कारण उनलाई मेस्सीको विकल्प हुन सक्ने आंकलन गरिएको छ ।

बार्सिलोनाका बि टोलीका कोलाडोले एकल प्रयासमा सनसनीपूर्ण गोल गरेका थिए । दोस्रो डिभिजनको खेलमा बार्सिलोना बीले एट्लेटिको लेभान्टेलाई हराउँदा २० वर्षे कोलाडोले गोल गरेका थिए । उनको जसरी गोल गरे त्यसमा पाँच पटकका बालोन डी ओर विजेता मेस्सीको झल्को दिने खालको थियो ।

खेलमा त्यति बेला बार्सिलोना १–० ले अगाडि थियो । त्यस्तोमा स्पेनिस कोलाडोले बल खेल्दै अघि बढाउँदै र केहि विपक्षी रक्षकलाई कटाउँदै पोष्ट नजिक बल पेराएका थिए । त्यसपछि उनले पेनाल्टी एसियाबाट ब्याक हिलमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारेका थिए ।

युवा फरवार्डले स्पेनबाट यू १९ का लागि खेलिरहेका छन् । उनी सन् २०२१ को जुन सम्म बार्सिलोनासँगको सम्झौतामा छन् । उनले यो सिजन २ गोल गर्नुका साथै दुई असिस्ट गरिसकेका छन् । दोस्रो डिभिजनमा बार्सिलोनाबी पाँचौं स्थानमा रहेको छ । टोलीले ३ जित, २ खेलमा जित र १ खेलमा हार बेहोरेको छ ।hamrkhelkud.com

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest