म्यानचेस्टर आर्सनल बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आसर्नलले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली म्यानचेस्टरले शुरुवाती अग्रता जोगाउन नसक्दा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

ओल्ड ट्राफोर्डमा सोमबार राति भएको खेलमा युनाइटेडका स्कट म्याकटोमिनेले गोल गरे । आर्सनलका पिएरे इमरिक औवामियाङले बराबरी गोल फर्काए ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा युनाइटेडका आन्द्रियस पेरेराले खेलको २९औं मिनेटमा पहिलो आक्रमण बुनेको थियो । उनको प्रहार आर्सनलका गोलरक्षक वर्न लेनोले बचाएका थिए । लगत्तै ३१औं मिनेटमा औवामियाङको प्रहार क्रसबारबाट थोरै बाहिरिएको थियो ।

३५औं मिनेटमा आर्सनलका बुकायो साकाको पासमा निकोलस पेपेको प्रहार गोलरक्षक डेभिड डे गियाले सहजै बचाए । ४४औं मिनेटमा बुकायो साकाको प्रहारलाई गोलरक्षक गियाले बचाएपनि रिवाउन्डमा माटियो गुयनडोजीको प्रहार गोलरक्षकले बचाइदिदा आर्सनल अग्रता लिनबाट चुकेको थियो ।

लगत्तै ४५औं मिनेटमा स्कट म्याकटोमिनले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । स्कटले मार्कस रासफोर्डको पासमा गोल गरेका थिए । ५२औं मिनेटमा लुकास टोरेराले बराबरीको मौका खेर फाल्यो । ५८औं मिनेटमा औवामियाङले बराबरी गोल फर्काए ।

साकाको पासमा औवामियाङले गोल गरेपनि सहायक रेफ्रीले औवामियाङ अफसाइड रहेको बताएपनि भिएआरको सहायतामा उनको गोलले मान्यता पाएको थियो । ६०औं मिनेटमा पल पोग्वाले अवसर खेर फाल्दा युनाइटेडले खेलमा अग्रता लिनबाट चुक्यो ।

७०औं मिनेटमा म्याकटोमिनले अर्काे मौका खेर फाल्यो । ७३औं मिनेटमा ह्यारी मागुइरेसको प्रहार गोलरक्षक वर्न लेनाले बचाए । इन्ज्युरी समयमा युनाइटेडले दुई मौका खेर फाल्दा घरेलु टोली युनाइटेडले आसर्ननलसँग १–१ को बराबरी खेल्दै अंक बाड्न बाध्य बन्यो ।

बराबरीसँगै युनाइटेड ७ खेलबाट ९ अंक जोडेर १०औं स्थानमा रहेको छ । आर्सनल समान ७ खेलबाटै १२ अंक जोडेर चौथो स्थानमा रहेको छ । अपराजित लिभरपुल २१ अंकसहित शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी १६ अंक जोडेर दोस्रो स्थानमा तथा लेस्टर सिटी १४ अंक जोडेर तेस्रो स्थानमा छ ।hamrokhelkud.com

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest