ओमानमा नेपालको पहिलो हार

ओमानमा जारी ५ देश सहभागी ट्वान्टी–२० क्रिकेटमा नेपालले पहिलो हार व्यहोरेको छ । हङ्कङ र नेदरल्याण्डस्लाई समान ४ विकेटले पराजित गरेको नेपाल आफ्नो तेस्रो खेलमा आज आयरल्याण्डसँग १३ रनले पराजित हुन पुग्यो ।

आजको हारपछि नेपाल ४ अंकमा तेस्रो स्थानमा कायम छ भने आयरल्याण्ड ६ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपाललाई उपाधि यात्रा कायम राख्न अहिले केहीबेरमा सुरु हुने नेदरल्याण्ड्सबिरुद्धको खेलमा ओमान पराजित हुनु पर्नेछ । नेपालले भोली ओमानलाई हराउनु पर्नेछ । ओमानको २ खेलबाट ४ अंक छ ।

आयरल्याण्डले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदा १ सय ३२ रनमा अलआउट हुन पुग्यो । आरिफ शेख २६, पारस खड्का २५, ईशाख पाण्डे २२, दिपेन्द्रसिंह ऐरी १९ र करण केसी १६ रनमा आउट भए ।

अन्यले दोहोरो अंक छुन सकेनन् । नेपाललाई सस्तैमा समेट्न मार्क अदैर र जर्ज डोक्रेलले समान ३ तथा गारेथ डिलेनीले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । पउल स्टर्लिङले ५९ र एण्डी बालबिर्नेले ३८ रन बनाएका थिए । सन्दिप लामिछाने र अभिनाष बोहोराले समान २ तथा करण केसी र ललित राजबंशीले समान एक विकेट लिए ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest