डिपो कपको उपाधि पुलिस स्कुलको पोल्टामा (फाेटाे फिचर)

गत आइतावार सम्पन्न १६औं ललित अम्बर डिपो कपको उपाधि नेपाल पुलिस स्कुलले हात पारेको छ । धरान स्थित डिपोट स्कुलको खेलमैदानमा भएको फाइनल खेलमा एक्वा डायनेस्टि स्कुललाई ३–० को गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुलले उपाधि आप्mनो पोल्टामा पारेको हो ।

खेलको पहिलो हाफमा पुलिस स्कुलको तर्पmबाट सुजन श्रेष्ठ, गौरव तिवारी र सौरीया खड्काले क्रमश १–१ गोल गर्दै ३–० गोल अन्तरले अग्रता लिएको थियो । पहिलो हाफमा ३–० को गोलमा भएको खेलको दोश्रो हाफ भने गोल रहित खेल सम्पन्न भएको थियो । विजेता टिमले रनिङ ट्रफि सहित नगद दश हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यसै गरि उक्त खेलमा उपविजेता एक्वा डायनेस्टि र तेश्रो बनेको डिपो क ले क्रमशः नगद पाँच हजार र तीन हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाएका थिए ।

यसै गरेर डिपो कपको पहिलो चरणमा पराजित बेहोरेका टिम बिच प्लेड च्याम्पियनसिप प्रतियोगिताको विजेता तथा उपविजेतालाई पनि पुरस्कार प्रदान गरिएको थियो । विजेता बनेको इमानुएल स्कुल र उपविजेता बनेको मेरील्याण्ड स्कुललाई क्रमशः नगद तीन हजार र दुई हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

खेलाडीहरुको खेललाई हेरे विभिन्न विधामा समेत पुरस्कार प्रदान गरिएको थियो । फाइनल खेलको म्यान अफ द म्याचको ट्रफि एक्वा स्कुलका खेलाडी ससिम मगरले हात पारेका थिए । यसै गरेर एक्वाका गोलकिपर सुदिप विकले उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीको घोषित हुँदै ट्रफि र नगद एक हजार हात पारेका थिए । यस्तै एक्वा कै आकाश सिंह उत्कृष्ट डिफेन्स, पुलिस स्कुलका सुजन श्रेष्ठ सर्वाधिक गोल कर्ता र डिपोटलाई दिइने उदयीमान खेलाडी सृजन मगर साथै उत्कृष्ट खेलाडी विपन माझी घोषित हुँदै ट्रफि हात पारेका थिए ।

विजेता खेलाडीहरुलाई खेल समापन समारोहका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय जयकुमार राई, प्रतियोगिताका संयोजक भिमबहादुर लिम्बु, डिपोट स्कुल सञ्चालक सदस्यहरु मेजर श्रवणकुमार लिम्बु, ललितबहादुर लिम्बु र लक्ष्मी बैंकका शाखा प्रमुख आकाश राई लगायतको हात वाहुली मार्पmत पुरस्कार वितरण गरिएको थियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest