महिला भलिबलमा नेपालले रजत पदकमै चित्त बुझाउनु पर्यो

नेपालमा जारि १३ औं साग एशियन गेम अन्तर्गत महिला भलिबलमा नेपाल रजत पदकमा सिमित भएको छ । आज भएको खेलमा भारतसँगको प्रतिस्पर्धात्मक खेलमा ३–२ ले पराजित भएको हो । आज साँझ काठमाण्डौको त्रिपुरेश्वस्थित कबर्ड हलमा भएको फाइनल खेलमा नेपाल भरात सँग पराजित हँुदै रजत पदकमा चित्त बुझाउनु परेको हो ।

नेपालले पहिलो सेटमा १७–२५ ले र दोश्रो सेटमा २५–२३ ले गुमाएको थियो भने तेश्रो सेटमा २५–२१ ले आप्mनो पक्षमा पारेको थियो । चौथो सेटमा २०–२५ ले पराजित बेहोर्दै पाँचौ तथा निर्णायक सेटमा भने नेपालले मेलो समाउनु नसक्दा उपाधि गुमाउनु पुग्यो ।

सुरुवात देखि नै दबाबमा आएको नेपालले पाँचौ सेट १५–६ ले भारतलाई सुम्पिएपछि भलिबलमा ऐतिहासिक पदक हात पार्न असफल भयो । नेपालले प्राप्त गरेको रजत पनि पहिलो पटक हो । एकै समूह चरणको खेलमा भने नेपाल भारतसँग सोझो सेटमा पराजित भएको थियो ।

यसैबीच, पुरुष भलिबलमा पनि भारतले स्वर्ण जितेको छ । फाइनलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै पुरुष भलिबलमा भारतले स्वर्ण जितेको हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest