महिला क्रिकेट खेलमा नेपालको बंगलादेश सँग कमजोर प्रदर्शन

अहिले जारि १३औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटका दोश्रो खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले बंगलादेशलाई ५१ रनको चुनौती दिएको थियो । बंगलादेशले उक्त चुनौती ७.४ ओभरमा विना क्षती पुरा गरेको थियो ।

आयशा रहमानले २६ र मुर्सीदा खातुनले २३ रन गर्दै बंगलादेशलाई दोश्रो जित दिएका हुन । पोखरा रंगशालामा भएको उक्त खेलमा १९.२ ओभरमा ५० रनमा नेपाल अलआउट भएको थियो ।

रुबिना क्षेत्रकिो कप्तानीमा खेलेको उक्त खेलमा स्वयं कप्तान रुबिनाले सार्बाधिक १३ रन बनाएकी इनिङसमा सानु खड्काले १२ र इन्दु बर्माले १० रन नेपालको लागि दिलाएका थिए । अन्य कसैले पनि दोहोरो अंकको स्कोर गर्न असफल भए ।

बंगलादेशको राबिया खानले ४ तथा जहानरा आलमले २ विकेट लिएर नेपाली इनिङस ध्वस्त पारेका थिए । यसका साथै सल्मा खातुन, नाहिदा अख्तर र फातिमा खातुनले समान एक विकेट लिएका थिए ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest