नेपालले माल्दिभ्सलाई ८४ रनले पछि पार्यो

हाल नेपालमा जारि १३औँ एशियाली खेलकुद (साग) मा पुरुष तर्फकाे क्रिकेटमा नेपाली टिमले दोश्रो जित हात पारेको छ । माल्दिभ्सलाई ८४ रन अन्तरले पराजित गर्दै नेपालले दोश्रो जित हात पारेको हो । दोश्रो जित हात पार्दै नेपालले फाइनल प्रवेशको सम्भावना बढाएको छ । अहिले सम्म नेपालले ३ खेलबाट ४ अंक बटुलेको छ भने माल्दिभ्सले लगातार तेश्रो हार बेहोरेको छ ।

अब नेपालले बंगलादेशसँग लित चरणको आफ्नाे अन्तिम खेल सामना गर्नेछ । बंगलादेशले अघिल्लो दुबै खेलमा जित हात पारिसकेको छ । त्यसका साथै ६ अंकले शीर्ष स्थानमा रहेको श्रीलंका पनि अपराजित छ ।

कृतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाले माल्दिभ्सलाई १ सय ६४ रनको चुनौती दिएको थियो । उक्त लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ७९ रन मात्र आफ्नो खातामा जम्मा गर्न सक्यो । नेपालको तर्फबाट ललित राजवंशी र सुशन भारीले समान २ विकेट र पवन सरार्फले १ विकेट लिएका थिए ।

पहिले व्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १ सय ६३ रन आफ्नो खातामा जम्मा गर्न सफल भयो । नेपालको तर्फबाट करण केसीले १६ ओभरमा नटआउट ४० रन र दिपेन्द्र सिंह ऐरीले ३९ रन लिए पछि नेपाल उच्च योगफल तयार पार्न सफल भयो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest