गाधुली कपको आज भएको खेलमा धरान १६ र ८ विजयी

धरानमा जारि २०औँ गोधुली फुटवल रनिङ कपको आज भएको खेलमा धरान वडा नम्बर १६ र ८ विजयी भएका छन । पहिलो खेलमा धरान १६ ले धरान १३ लाइ १–० गोल अन्तरले पराजित गर्दै आफ्नाे जित सुनिश्चित गरेको थियो । त्यसै गरि दोश्रो खेलमा भने धरान ८ ले धरान १४ लाई १–० गोल अन्तरले नै पराजित गरेको थियो ।

धरान रंगाशालामा आयोजना भएको रनिङ कपको आजको खेलमा पहिलो खेल खेलेको धरान १६ र १३ ले पहिलो हाफ गोलरहित बराबरि खेलेका थिए । खेलको दोश्रो हाफमा भने भने धरान १६ को तर्फ बाट मन्दिप बस्नेतले गोल गर्दै टिमलाइ अग्रता दिलाएको थिए । उक्त पहिलो गोल नै खेलको निर्णायक गोल बनेको थियो । यसै गरेर दोश्रो खेल पनि १–० गोल अन्तरले नै छिनोफानो गरेको थियो । धरान ८ र १४ ले खेलेको दोश्रो खेलमा धरान ८ ले धरान १४ लाई ० गोलको विरुद्ध १ गोल गर्दै आजको खेल जितेको थियो । धरान ८ को तर्फ बाट अमोद माँझीले गोल गरेका थिए ।

आजको भएको दुइ खेलको म्यान अफ द म्याच पहिलो खेलमा मन्दिप बस्नेत र दोश्रो खेलमा अमोद माँझी घोषित भएका थिए । घोषित म्यान अफ द म्याच दुबै खेलाडीले १५/१५ सय नगद सहित मेडल पाएका थिए ।

भोलि हुने खेलमा धरान ६ र ७ बिच पहिलो खेल हुनेछ र दोश्रो खेल धरान १ र १८ बिच भिडन्त हुनेछ । गत सोमबार भएको खेलमा धरान ७ ले ९ लाई र धरान १ ले २ लाई पराजित गर्दै पहिलो राउण्डको खेल विजयी भएको थियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest