गोधुली कपको आज भएको खेलमा धरान ६ र १८ विजयी, भोली देखि क्वाटरफाइलन सुरु

धरानमा जारी २० औँ गोधुली फुटबल कपको आज भएको दुई खेलमा धरान ६ र १८ ले जित हात पारेको छ । पहिलो खेलमा धरान ६ ले ७ लाई पराजित गर्दै आप्mनो जित निकालेको थियो भने धरान १८ ले १ लाई पराजित गर्दै विजयी भएको थियो ।

धरान रंगाशालामा भएको खेलमा धरान ६ ले ७ लाई ० गोलको विरुद्ध ७ गोलले पराजित गर्दै विजयी प्राप्त गरेको थियो । धरान ६ को तर्पmबाट अनिस पुलामी मगरले २ गोल गरेका थिए भने निसान मगर, अजय विष्ट, किरण मगर, अर्जुन लिम्बु र भिषण परियारले एक–एक गोल गरेका थिए ।

आजको दोश्रो खेल धरान १८ र १ ले निकै प्रतिस्पर्धात्मक खेल खेलेका थिए । एक दमै रोमाञ्चक खेलको निर्धारित समयमा दुवै तर्पmबाट २–२ गोलको बराबरीमा खेल सकिएको थियो । अतिरिक्त समयमा पनि दुवै टिम गोल रहित खेलेपछि उक्त खेलले ट्राइब्रेकरको लय समात्यो । उक्त ट्राइ ब्रेकरले धरान १८ को तर्पmबाट ५ गोल र धरान १ को तर्पmबाट ३ गोल मात्र हुन पुगे पछि धरान १ ले क्वाटर फाइनल खेल्ने मौका चुकाउँदै मैदान बाछ बाहिरिनु पर्यो ।

आजको पहिलो र दोश्रो खेलमा म्यान अफ द म्याच क्रमशः अनिस पुलामी मगर र निकेश राई घोषित भएका थिए । घोषित म्यान अफ द म्याच खेलाडीले १५÷१५ सय नगद सहित मेडल प्राप्त गरेका छन ।

भोली शनिवारबाट २०औँ गोधुली रनिङ कप क्वाटर फाइनलमा प्रवेश गर्दैछ । भोलीको पहिलो क्वाटरफाइनल खेल धरान १५ र ११ भिड्ने छन । पहिलो चरणको खेलमा धरान १५ ले ४ लाई पराजित गरेको थियो भने धरान ११ ले ३ लाई पराजित गरेको थियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest