धरान ११ सेमिफाइनलमा प्रवेश, भोली धरान १७ र १९ को भिडन्त

धरानमा जारी २०औँ गोधुली फुटबल रनिङ कपको आज भएको क्वाटरफाइनलको पहिलो खेलमा धरान ११ सेमि फाइनल प्रवेश गरेको छ । धरान ११ ले आज धरान १५ लाई हराउँदै सेमिफाइनलमा प्रवेस गरेको हो ।

धरान रंगाशालामा भएको खेल निर्धारित समय सम्म गोल हुन नसके पछि खेल टाइब्रेकरमा परिणत भएको थियो । खेल गोल रहित टुङ्गिए पछि अतिरिक्त समय १५ मिनेट सम्म पनि दुवै तर्पmबाट गोल हुन सकेन । धरान ११ ले भने पटक पटक अवसर पाउँदा पनि अवसर बाट चुकेको थियो ।

खेल टाइब्रेकर धकेलिए पछि धरान १५ लाई निकै आशा गरिएको थियो तर उल्टो नतिजा आयो दर्शक बताउँछन । धरान १५ का खेलाडी सलमान साम्बा र सन्तोष लिम्बुको पेनाल्टी तार्गेट चुके पछि धरान ११ को सेमिफाइनलको प्रवेश पक्का भएको हो । धरान १५ को तर्पmबाट सुगन रेग्मी, विसन क्षेत्री, मदन लाबुङ, सलमान साम्बा र सन्तोष लिम्बुले पेनाल्टी प्रहार गरेका थिए । त्यसै गरेर धरान ११ का अनिल राई, वर्तमान राई, धिरेन लिम्बु, सचिन श्रेष्ठ र रिबस मास्के ले पेनाल्टी प्रहार गरेका थिए । धरान ११ को तर्पmबाट रिबस मास्केको पेनाल्टी तार्गेट चुके पनि धरान १५ लाई ४–३ गोल अन्तर पराजित गरेका थियो ।

आज भएको क्वाटरफाइनलको पहिलो खेलको म्यान अफ द म्याच धरान ११ का गोल किपर सचिन श्रेष्ठ घोषि भएका थिए । गोल किपर सचिनले टाइब्रेकरको दौरानमा १ गोल पनि प्रहार गरेका थिए । उनले म्यान अफ द म्याच घोषित हुँदै नगद १५ सय सहित मेडल प्राप्त गरेका थिए ।

भोली हुने क्वाटर फाइनल खेलमा धरान १७ र १९ को भिडन्त हुनेछ । अघिल्लो राउण्डको खेलमा धरान १७ ले २० लाई र धरान १९ ले १२ लाई पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest