गोधुली कपको आजको खेलमा धरान १७ सेमि फाइनल प्रवेश

धरानमा जारि २०औँ गोधुली फुटबल रनिङ कपको आज भएको क्वाटर फाइनल खेलमा धरान १७ सेमि फाइनल प्रवेश गरेको छ । धरान १७ ले आज धरान १९ लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

धरान रंगाशालमा भएको खेलमा धरान १७ ले १९ लाई ४–२ फराकिलो गोल अन्तरले पराजित गर्दै जित हात पारेको थियो । निकै नै प्रतिस्पर्धात्मक खेलमा धरान १७ को तर्फबाट मिलन राईले खेलको ३७ औँ मिनेटमा पहिलो गोल गर्दै आफ्नो टिमलाई १–० गोल अन्तरले अग्रता दिलाएका थिए । त्यसै गरेर धरान १७ कै तर्पmबाट दिवस सुनुवार खेलको ४१ औँ मिनेटमा दोश्रो गोल गर्दै टिमलाई जित को नजिक पुर्याएका थिए । खेलको पहिलो हाफको अतिरिक्त समयमा धरान १९ को तफ्नाेबाट निरज लिम्बुले जवाफि गोल गर्दै खेल अझ रोमाञ्चक बनाएका थिए ।

२–१ गोल अन्तरमा पहिलो हाफ खतम भएको खेलमा दोश्रो हाफ पनि गोल वर्षिएको थियो । दोश्रो हाफको ११ औँ मिनेटमा धरान १७ को तर्फबाट कृष्ण राईले सान्दार गोल गर्दै धरान १७ लाई ३–१ गोल अन्तरले अग्रता दिलाएका थिए । त्यसै गरेर खेलको १९ औँ मिनेटमा धरान १९ को तफ्नाे बाट मिलन राईले सान्त्वना गोल गर्दै ३–२ गोल अन्तरमा ल्याएका थिए । खेलको निर्धारित समय सम्म ३–२ गोल अन्तरमा रहेको खेलमा अतिरिक्त समयमा धरान १७ को तर्फबाट मिलन राई ले पुनः गोल थप्दै आफ्नाे टिमलाई जितको पक्का गरेका थिए ।

आजको क्वाटर फाइनल खेलको म्यान अफ द म्याच धरान १७ का खेलाडी सुविन्द्र राई घोषित भएका थिए । घोषित म्यान अफ द म्याच सुविन्द्रले नगद २ हजार ५ सय सहित मेडल प्राप्त गरेका थिए ।

भोली हुने क्वाटर फाइनल खेलमा धरान ६ र १६ को भिडन्त हुनेछ । अघिल्लो खेलमा धरान ६ ले ७ लाई र धरान १६ ले १३ लाई पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको थियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest