नोकिया एक्स–६ बजारमा

स्मार्टफोनको रेसमा नोकियाले नयाँ मोडल बजारमा ल्याएको छ । नोकिया कम्पनीले स्मार्टफोन नोकिया एक्स–६ सार्वजानिक गरेको छ । क्वालकम स्न्यापड्रागन ६३६ चिपसेट नोकियाले पहिलो पटक आÏनो यो मोडलको फोनमा प्रयोग गरेको छ । यो फोनमा अक्टाकोर १ दशमलव ८ गिगाहर्ज स्पिड छ । यो सेट ४ तथा ६ जीबीको र्‍याममा उपलब्ध छ । धेरै भिडियो हेर्न तथा गेम खेल्न रुचाउने प्रयोगकर्ताहरुका लागी यो सेट बढि उपयोगी देखिएको छ ।

३२ तथा ६३ जीबी इन्टरनल मेमोरीमा उपलब्ध यो मोडलमा ३ हजार ६० एमएएचको ब्याट्री ब्याकअप छ । गोरिल्ला ग्लास भी–३ ले सुरक्षित गरिएको यो स्मार्टफोन कतै खस्दा समेत केही असर पर्दैन । १६ एमपी ड्युअल एवं ५ एमपी रियर क्यामेरायुक्त नोकिया एक्स–६ मा सेल्फीका लागि १६ एमपीको सेन्सर जडान गरिएको यो सेटबाट फोरके एचडी भिडियो खिच्न सकिन्छ ।

यो मोडलमा अनलक सिस्टममा फेस अनलक तथा फिङ्गरप्रिन्ट सेन्सर सुविधायुक्त नोकिया एक्स–६ ले पहिलेको नोकियाभन्दा फरक विशेषता बोकेको दावी गरिएको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest