नेपालमा ग्लोबल साइबर सेक्युरिटी समिट सम्पन्न

विश्व प्रविधि बजारमा साइबर अपराधले तिव्र गति लिइरहेको अवस्थामा नेपालले पनि साइबर सुरक्षाका लागी विश्वव्यापि ऐक्यवद्धता जनाएको छ । इन्फर्मेसन सेक्युरिटि रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) को प्रमुख आयोजना तथा आइसिटि फ्रेमको सहआयोजनामा दुईदिने सिस्को ग्लोबल साइबर सेक्युरिटि समिट–२०१८ सम्पन्न भएको छ । होट र्‍याडिसनमा आयोजित उक्त समिटमा साइबर अपराध, साइबर नीती र कानुन तथा सुरक्षाका विभिन्न अभ्यासका सम्बन्धमा छलफल भएको थियो ।

विभिन्न विषयवस्तुमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, अमेरिका तथा बेलायतको उक्त समिटमा साइबर सुरक्षासम्बन्धी विज्ञहरुको उपस्थिती रहेको थियो ।उक्त अवसरमा क्लाउड कम्प्यटिङ एन्ड सेक्यरिटी, म्यानेजिंग रिस्क इन डिजिटल इनभाइरोमेन्ट, थ्रेट एन्टेलिजेन्स सेयरिङ, यनिफाइड थ्रेट म्यानेजमेन्ट, साइबर सुरक्षाका लागि सचेतना आदि विषयमा छलफल तथा अन्तक्र्रिया गरिएको थियो । समिटमा सरकारी, व्यावसायिक, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार एवं इन्टरनेट सेवाप्रदायक, शैक्षिक संस्था आदि क्षेत्रका करिब २ सय जनाको सहभागिता थियो ।

समिटका मुख्य वक्ता आइक्यान एसिया प्यासिफिकका रिजनल सेक्युरिटी, स्टाबिलिटी एन्ड रिजेलेन्सी म्यानेजर चाम्पिका वाइजायातुङ्गाले डोमेन नेम सेक्युरिटीका लागि विश्वभर अझै चेतना अभिवृद्धि हुन नसकेको बताए । वाइजायातुङ्गाले नेपालको राष्ट्रिय डोमेन (डट एनपी) पनि डोमेन नेम सेक्यरिटीमा पर्न नसकेको जानकारी दिए । उनले नेपालको राष्ट्रिय डोमेनलाई संरक्षित गर्न साइबर सेक्युरिटी विज्ञहरूको सामूहिक प्रयास आवश्यक भएको बताएका थिए ।

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest